स्वदेशी चामलको भात खाऔंः प्रधानमन्त्री, प्रचण्ड भन्छन्– ‘आफैँ खेती गर्न हिँडु जस्तो लाग्छ’

फागुन १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा दुई तिहाइ जनसंख्या कृषिमा संलग्न भएपनि त्यसअनुसारको प्रतिफल नआएको गुनासो गरेका छन् । 

आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका लागि ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो नभएको भन्दै प्रविधि र यन्त्रिकरणको प्रयोग गरेर जनसंख्याको ठूलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपालीको खाद्य आदत परिवर्तन हुँदै गएको छ । अब त्यसै अनुसार कृषि क्षेत्रको सुधार गर्नुपर्छ । विदेशबाट आयात गरिएको चामलभन्दा स्वदेशमै उत्पादन भएको चामलको भात खाने बानीको विकास गर्नुपर्छ ।’ 

null

कृषिमा मात्रात्मक नभएर गुणात्मक परिवर्तन हुनुपर्ने उनको भनाइ छ । ‘एकै ठाउँमा ठूलो मात्रामा एकै प्रकारको बाली लगाउनुपर्छ’, प्रम ओलीले भने, ‘हाम्रो परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्छ।’ 

यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहालले पनि कृषिमा आधारित उद्योगको विकासविना देश समृद्ध हुन नसक्ने बताउँदै आएका छन् । शनिबार एक कार्यक्रममा उनले कृषिमा आधुनिकीरण, विविधिकरण र व्यवसायीकरण नै सम्मृद्धिको मुख्य आधार भएको भन्दै विदेशीनेको जमात देखेर आफैँ कृषि व्यवसाय गर्न जाउँ कि जस्तो पनि लाग्ने गरेको बताएका थिए । 

‘सुनको टुक्रा हामीसँगै छ, अझै पनि हामी नै गरिब छौँ । कहिलेकाहीँ त परिस्थिति हेरेर दिक्क पनि लाग्छ र यो सबै छोडेर आफैँ खेती गर्न हिँडू कि जस्तो पनि हुन्छ’, अध्यक्ष दाहालले भने । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *