‘भगवान् पशुपतिले जोगाउन नसकेको प्रतिपक्षलाई गायक पशुपतिले रक्षा गरुन्’

 

फागुन ६, काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा सांसद झपट बहादुर रावलले गायक पशुपति शर्माले देश लुट्न प्रेरित गरेर गीत गाएको आरोप लगाएका छन् । 

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा (एमाले) का सांसद रावलले बैठकको शून्य समयमा बोल्दै पशुपति शर्माले सत्तारुढ नेकपालाई राक्षस, यमराजको संज्ञा दिएर लुट्न प्ररित गरेको आरोप लगाएका हुन् । 

null

‘प्रसंग पशुपति शर्मा र प्रतिपक्ष सांसदको रोइलो । शुशिल कोइरालाको पालमा जापान पनि यही, अमेरिकामा पनि यही भन्ने गीत गाए । यो सरकारलाई राक्षस, यमराज, कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेर गाए’, सांसद रावलले भने, ‘यसमा उनको अज्ञानता या नियत भन्ने ठानेको थिएँ, तर एक जना प्रतिपक्षका सांसदले पुरस्कार दिने घोषणा गरेपछि रहस्य बाहिर आएको छ ।’ 

उनले सरकारले पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ मा सरकारले कुनै पनि प्रतिबन्ध नलाएको स्पष्ट पार्दै भने, ‘भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षलाई गायक पशुपतिले रक्षा गरुन् । पुरस्कार घोषणा गर्ने सांसदले यहाँ यही गीत गाउनुभयो भने मेरो एक महिनाको पारिश्रमिक उहाँलाई दिने घोषणा गर्दछु ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *