पूर्व राजा शाहले भने, ‘प्रजातन्त्रको अनुभूति आम नेपालीमा अझै पनि हुन सकेन’

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको अनुभूति आम नेपालीमा अझै पनि हुन नसकेको बताएका छन्। 

प्रजातन्त्र दिवसको अवसरमा सोमबार एक विज्ञप्ति प्रकाशन गर्दै पूर्वराजा शाहले पुर्खाहरूको पुर्ख्यौली आदर्श प्रजातन्त्र भएको भन्दै पछिल्लो अवस्थामा प्रजातन्त्र भित्र सबै नेपाली अटाउने प्रणाली नभएकोमा दुःख व्यक्त गरेका छन्। 

‘हामी र हाम्रा पूर्खाको पुर्ख्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरूप लिन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र नै हो। देश दर्शनको क्रममा हामीले बोध गरे अनुरूप प्रजातन्त्रको त्यस्तो अनुभूति आम नेपालीमा छैन।’ 

null

शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्यूत हुन नहुने र दण्डहिनता एवम् विधिविहिनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहुँचमा हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। 

उनले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहेको भन्दै चिन्ता गरेका छन्। 

‘यसरी राष्ट्रप्रतिको निष्ठमा आएको ह्रास, प्रत्येक युवामा देश छाड्ने आतुरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्रिय दिन प्रति दिन कमजोर बनिरहेको छ। शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्यूत हुन नहुने र दण्डहिनता एवम् विधिविहिनताले विकराल स्थितिको सृजना हुन नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहुँचमा हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,’ उनले भनेका छन्। 

उनले धर्म परिवर्तनका विषयमा पनि दुखेसो पोखेका छन्। 

‘हाम्रो आफ्नो सनातनिक धर्म, संस्कृति र हाम्रै आफ्नो मौलिक आदर्श एवम् मान्यताप्रति धर्मान्तरणको  प्रकृयाबाट आक्रान्त भएको कहालिलाग्दो दुःखद अवस्था देखा परेको छ,’ उनले अगाडि भनेका छन्, ‘त्यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानुपर्छ भन्ने हाम्रो दृढ धारणा रहेको छ।’ 

उनले नेपालको भु-राजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हामीले हाम्रो परराष्ट्रिय तथा मैत्री सम्बन्धलाई सुमधुर, शालिन र सौम्य कुटनीतिक व्यवस्थाद्धारा हामीप्रतिको आधारभूत विश्वसनीयता स्वस्थ रूपमा अघि बढाउन सक्नुपर्ने बताएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *