ग्रामिण उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पुर्याउन जोड दिनुपर्ने

फागुन ३, काठमाडौं । ग्रामिण उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले सुनसरी क्षेत्र नं. ३ को गढि गाउँपालिकामा गढी एक्स पो (मेला) सुरु भएको छ । हिजोबाट सुरु भएको उक्त मेलाको उद्घाटन पूर्वराज्यमन्त्री, महिला अधिकारवादी नेतृ भगवती चौधरीले गरिन् ।  

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेतृ चौधरीले कृषि क्षेत्रको विकासका लागि राज्यले उचित निती अवलम्बन गर्दै मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनु पर्ने बताइन् । ‘वर्षेनी अरबौंको कृषि उत्पादन भारत लगायत अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता अन्त्यका लागि आधुनिक कृषि प्रणाली लागू गरी किसानलाई सहुलियत दिन आवश्यक छ । ग्रामिण क्षेत्रमा उत्पादन भएका वस्तुलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउने वातावरण बनाउनु पर्छ ’ उनले भनिन् ।  

 

null

नेतृ चौधरीले सुनसरी क्षेत्र नं. ३ कृषि र पशुपालनका लागि उर्वर भूमि भएपनि त्यहाँका उत्पादनले राम्रो बजार पाउन नसकिरहेको बताउँदै स्थानीय निकाय र राज्यले बजार प्रवद्र्धनमा सहयोग पुर्याउनु पर्नेमा जोड दिइन् । ‘मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने हो भने, ब्यवसायीक कृषि उद्यमका लागि योजना बनाउन आवश्यक छ । स्थानीय उत्पादनको बजार ब्यवस्थापनमा स्थानीय निकायले सहयोग गर्नुपर्छ ।’  

महिलालाई आर्थिक क्षेत्रमा आत्मनिर्भर बनाउन उनिहरुको सिप र क्षमतालाई प्रस्फुटन गराउन सबै पक्षले प्रोत्साह गर्नुपर्ने बताउँदै ग्रामिण क्षेत्रका महिलामा रहेको परम्परागत सिप अभिबृद्धिमा समेत सहयोग गर्नुपर्ने बताइन् ।  

 

नेकपाकी केन्द्रिय सदस्य समेत रहेकी नेतृ चौधरीले बर्तमान सरकार विकास संबृद्धिका लागि प्रतिबद्ध भएको भन्दै सरकारका १ वर्ष उपलब्धी मुलक भएको जिकिर गरिन् । ‘यस अघि दशकौंसम्म हामीले स्थायी सरकार पाएका थिएनौं, सरकारले यो १ वर्षलाई आधार वर्ष भनेको थियो, अब मुलुकको विकासका लागि आधार तय भएको छ ।’ उनले भनिन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न र आधृनिक कृषि प्रणालीका बारेमा कृषकलाई जानकारी दिनका लागि एक्स पो आयोजना गरिएको गढी एक्स पो आयोजक समितिका संयोजक लक्ष्मी शाहले बताए ।  

 

फागनु ८ गतेसम्म सञ्चालन हुने एक्स पो मा कृषि उत्पादन, औजार, माइक्रोफाइनान्स लगायतका ९० स्टलहरु रहेका छन् । एक्स पोमा प्रत्येक दिन विभिन्न सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । जहाँ राष्ट्रिय कलाकार हेमन्त शर्मा, रामकृष्ण ढकाल लगायतको सांगितिक प्रस्तुति हुनेछ । 

यसैगरी प्रत्येक दिन स्थानीय कलाकार तथा क्लबको सांगितिक प्रस्तुति रहने संयोजक शाहले जानकारी दिए । यसैगरी एक्स पो मा कुस्ती प्रतियोगिता मुख्य आकर्षणका रुपमा रहेको छ । आयोजकले महिला पुरुषका कुस्ती प्रतियोगिता सञ्चालन गर्नेछ । एक्स पो को मुख्य प्रायोजक रमपम चाउचाउले गरेको छ । सहप्रयोजकमा फरवार्ड माइक्रोफाइनान्स रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *