नेपालद्वारा यूएईलाई १०५ रनको लक्ष्य

माघ २०, काठमाडौं । अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालले घरेलु टोली यूएईलाई १०५ रनको लक्ष्य दिएको छ । 

वर्षाले प्रभावित १० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले  पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर १०४ रन बनायो । 

नेपालका लागि पारस खड्काले सर्वाधिक २९ रन जोडे। १४ बल खेलेका पारसले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्दीप जोराले ११ बलमा ३ छक्कासहित २८ रन जोडे। 

null

त्यस्तै विनोदले १३ बलमा २१ रन बनाए भने करण केसीले ५ बलमा १० रन जोडे । ज्ञानेन्द्र मल्लले ११ रन बनाए । ओपनर पवन सर्राफ शुन्यमै पवेलियन फर्किएका थिए भने दीपेन्द्रसिंह ऐरीले २ रनमात्रै जोड्न सके।  

तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । 

यसअघि सन् २०१५ को आयरल्याण्ड र स्कटल्याण्डले संयुक्त रुपमा आयोजना गरेको टि–२० विश्वकप छनोट नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २० रनले पराजित भएको थियो । त्यस्तै सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको टि–२० विश्वकपअन्तर्गत अभ्यास खेलमा युएई छ विकेटले विजयी भएको थियो । 

सन् २०१३ मा पनि भएको विश्वकप छनोटअन्तर्गतको खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा पाँच विकेटले पराजित गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *