आईसीसी महिला विश्वकप क्रिकेटमा नेपालले मलेसियालाई हरायो

 

फागुन ७, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले जित हात पारेको छ । 

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पाखा लगाउँदै जित हात पारेको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेटको क्षतिमा ९२ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि क्रिस्टिना बर्थले २१ रन, विनिफ्रेड दुरीसिंघमले २१ रन जोड्दा सासा आज्मी १६ रनमा अलआउट भइन् । 

null

नेपालकी करुना भण्डारी र सरिता मगरले समान २–२ विकेट लिए । कविता कुँवर र सिता राना मगरले समान १–१ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनायो । 

नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् । जितसँगै नेपालले एक खेलबाट २ अंक जोडेको छ । 

अब नेपालले मलेसियापछि दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ । 

एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *