४ लाख लुटेका डाँकाहरु ९ हजार नगद र एक थान पेस्तोलसहित पक्राउ

 

फागुन ८, काठमाडौँ । विभिन्न चोरी डकैतीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

माघ २५ गते राती धनुषाको कमला नगरपालिका वडा नं १ मंग्राह स्थित बह्रमदेव यादवको घरबाट करिब ३ लाख १२ हजार र सोही नगरपालिका वडा ३ का रामचन्द्र यादवको घरबाट करिब १ लाख ६७ हजार बराबरको जिन्सी तथा नगद धनमाल लुटिएको सूचनाका आधारमा खोजतलास गर्ने क्रममा गत शनिबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेमा धनुषाको ठाँडी झीझा घर भइ हाल विदेह नगरपालिका वडा नं ४ मा लुकिछिपी बसेको अवस्थामा सोही स्थान बस्ने सुरेश पासवानको २४ वर्षीय छोरा सोभन पासवान र मुखी पासवानका २८ वर्षीय छोर रंजित भन्ने कुमार पासवान रहेका छन् । 

प्रहरीले उनीहरुको साथबाट १ थान ऐ. मा फिट हुने २ राउण्ड गोली, केही लागुऔषध र नगद ९ हजार ९ सय २५ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई हातहतियार खरखजाना, लागुऔषध तथा डाँका मुद्दामा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

रंजित भनिने अरुण कुमार पासवान गत माघ १६ गते धनुषाको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमको कार्यालयमा डकैती गरी ज्यान मार्ने उद्योग तथा डाँका मुद्दामा फरार रहेको समेत खुल्न आएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुले सिराहा, सप्तरी, सर्लाही, महोत्तरी तथा भारतको सीमा क्षेत्र भित्रका विभिन्न स्थानहरुमा समेत लुटपाट गरेको खुल्न आएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *