सीतापाइलामा खुल्यो यामाहाको नयाँ शोरुम

काठमाडौं। यामाहाका मोटरसाइकल तथा स्कुटरप्रति बढ्दै गएको क्रेजलाई मध्यनजर गर्दै एमएडब्लु इन्टरप्राइजेजले बिहीबारबाट काठमाडौंको सीतापाइलामा ‘थ्री एस’सहितको सुविधा सम्पन्न नयाँ शोरुम सुरु गरेको छ । 

एमएडब्लु इन्टरप्राइजेजले आफ्नो पुरानो डिलर डी एन्ड डी अटोलिंकमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउने छन्। 

नयाँ शोरुमको उद्घाटन मिस नेपाल श्रृंखला खतिवडाले गरिन्। उद्घाटन कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले नयाँ शोरुम अत्याधुनिक, सुविधासम्पन्न र ग्राहकमैत्री हुने बताए। 

null

त्यसैगरी, डी एन्ड डी अटोलिंकका प्रबन्ध निर्देशक अमिर महर्जनले यामाहाप्रतिको विश्वासकै कारणले दोस्रो शोरुम सुरु गरेको बताए। डी एन्ड डी अटोलिंकले विगत एक दशकदेखि काठमाडौंको टेकुमा यामाहा शोरुम संचालन गर्दै आएको छ । नयाँ सोरुमबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउन सकिने उनको भनाई छ। 

स्कुटर सेग्मेन्टमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल बजारमा उपलब्ध छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५भी३, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र तेस्रो पुस्ताको आर १५ बजारमा ल्याएको छ । 

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’सिरिजमा अत्याधुनिक फ्युलइन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ । जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *