पहिलोपटक दौरा–सुरुवालमा बाबुराम, पत्नी हिसिलाले भनिन्…

फागुन ९, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पहिलो पटक दौरा सुरुवाल लगाएका छन् । 

‘जनसंवाद यात्रा’ का क्रममा देश दौडाहामा निस्किएका भट्टराईले बिहीबार बिहान ट्वीट गर्दै आफूले पहिलो पटक दौरा सुरुवाल लगाएको बताएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा–सुरूवाल लगाएर कर्णाली प्रदेश प्रवेश गरियो !’ 

 

null

त्यस्तै डाक्टर बाबुराम भट्टराईको दौरा सुरुवालसहितको फोटो फेसबुकमा राख्दै उनकी पत्नी तथा नयाँ शक्तिकी नेत्री हिसिला यमीले ट्वीट गर्दै लेखेकी छिन्, ‘मेरा खस श्रीमान् पहिलो पटक खस दौरा सुरुवाल लगाएर खस भूमिमा ।’ 

पूर्व प्रधानमन्त्री भट्टराई अहिले समृद्धि सबैका लागि सधैँका लागि भन्ने मुल नाराका साथ गाउँ–गाउँ पुगेर जनगुनासो संकलन गरेर सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

 

यसअघि बाबुराम भट्टराईले पूर्वको आठराईदेखि हलेसी, मन्थली, सल्यानटार, पालुंगटार हुँदै पश्चिमको चौरजहारीसम्म आइपुग्दा तल अरूण, दुधकोशी, तामाकोसी, बुढीगण्डकी, मर्स्यांग्दी र भेरीमा पानी बगेर जाने तर माथि टार र वस्तीमा खाने र सिंचार्इं गर्ने पानीको हाहाकार देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । ‘राष्ट्रिय पानी उपयोग नीति चाहियो ! टाउके सबैको ध्यान पुगोस् !’, उनले ट्वीटरमा लेखेका थिए । 

डाक्टर भट्टराईले गाउँगाउँमा स्थानीयसँग भलाकुसारी गर्दै हिँडेको आज २४ औँ दिन पुगेको छ । बिहीबार जाजरकोट जाँदै छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *