नेपाल हिरो गोल्डकप फुटबलको फाईनलमा प्रवेश

काठमाडौं । नेपाल हिरो गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसंगै नेपाल उपविजेताको रुपमा प्रतियोगिताको फाईनल प्रवेश गरेको हो । 

लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई हरायो। नतिजासंगै म्यानमार अपराजित रहदै ९ अंक सहित फाईनल प्रवेश गर्यो । तीन खेलमा ६ अंक जोडेको नेपाल उपविजेताको रुपमा म्यानमारसंग उपाधि भिडन्त पक्का गर्यो ।नेपालले उपाधिका लागि आगामी शुक्रबार म्यानमारसंग प्रतिस्पर्धा गर्नेछ। 

भारत एक जित सहित ३ अंक बटुल्यो । इरान अंक विहिन हुदै घर फर्कियो। 

null

लिग चरणको अन्तिम खेलमा ईरानलाई पराजित गर्दै नेपालले फाईनल प्रवेशका प्रवल सम्भावना बनाएको थियो ।कालिङ्गा रंगशालामा बुधबार भएको खेलमा नेपालले इरानलाई ३–० गोल अन्तरले पराजित गरेको गरेको हो । 

नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । एक गोल अनिता बस्नेतको नाममा रह्यो ।नेपालले खेलको ४१ औ मिनेटमा अनिता बस्नेतको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल थप्यो । 

सावित्रा भण्डारीले ५९ औ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन । खेल सकिन एक मिनेट बाँकी छदाँ व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन। 

साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *