भृकुटीमन्डपमा नेपालमै पहिलो पटक बृहत एकल अटो प्रदर्शनी, महिन्द्राका ६ वटा नयाँ सवारी अनावरण
काठमाडौं । भारतीय अटोमोबाइल्स कम्पनी महिन्द्राले आजबाट काठमाडौंको भृकुटीमन्डपमा नेपालमै पहिलो पटक बृहत एकल अटो प्रदर्शनी ‘महिन्द्रा उदय’ को सुभारम्भ गरेको छ । नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष भवानी राणाले उक्त कार्यक्रमको उद्घाटन गरिन् ।
कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको बिभिन्न ३० भन्दा बढी मोडलका उत्पादनहरुलाई उक्त प्रदर्शनीमा राखेको छ । आजकै कार्यक्रममा महिन्द्राले ६ वटा नयाँ गाडिहरुको पनि नेपाली बजारमा अनावरण गरेको छ ।
null
महिन्द्राको बहुप्रतिक्षीत एसयुभी एक्सयुभी ३००, नयाँ एमपीभी मराजो, महिन्द्राको नयाँ ट्रयाक्टर जीभो २४५ र यूभो ४१५ तथा मन्दि्राको हेवी कमर्शियल भेहिकलहरु फ्यूरीयो तथा ब्लेजो २५ ट्रक साथै नयाँ ग्रेडर जी ७५को पनि सार्वजनिक गरेको छ ।
महिन्द्राका उत्पादन नेपाली बजारमा आजभन्दा करिब २७ वर्ष अगाडिदेखि बिक्री वितरण हुँदै आईरहेको छ । महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पोरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयूक्तरुपमा यो लाइफस्टाइल एन्ड अटो शो आयोजना गरेको हो ।
आकर्षक डिजाइन, उत्कृष्ट पर्फमेन्स र विशेषताका एसयूभी निर्माणका लागि चर्चित कम्पनीले आफ्ना सबै उत्पादनलाई उक्त मेलामा राख्ने छ ।
एसयूभी, इलेक्ट्रीक सवारी, दुईपाङ्ग्रे सवारी, हेभी इक्युपमेन्ट, कृषिमा प्रयोग हुने उपकरण, कमर्शियल प्रयोगमा आउने सवारीसाधनका साथै महिन्द्राका सबै उत्पादनलाई यस महिन्द्रा उदयमा देख्न सकिने छ ।
यो प्रदर्शनीमा अटो शोका साथै विभीन्न कलाकारहरुको लाइभ प्रफर्मेन्सको आनन्द लिनुका साथै विभीन्न स्वादका खानाहरुको पनि मजा लिन सकिनेछ ।