सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यार्थीलाई ब्याग सहयोग
मकालु खबर
२०७५ माघ २९ गते
काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले रुपन्देही वडा नं. ५ स्थित मर्चवार आर्दश मावि, मझगावालाई २९५ थान ब्याग हस्तान्तरण गरेको छ।
श्री पञ्चमीको उपलक्ष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो। ब्याग बैंकको भैरहवाका क्षेत्रीय प्रबन्धक प्रबिन कुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितीमा विद्यार्थीहरुलाई हस्तान्तरण गरे। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएको छ।
बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
null
मकालु खबर
२०७५ माघ २९ गते
प्रतिक्रिया