कुटनैतिक चातुर्यतामा सरकार चुक्योः विवेकशील साझा

फागुन ३, काठमाडौँ । विवेकशील साझा पार्टीले सरकारको एक वर्षे कार्यकाल उत्साहजनक नभएको निश्कर्ष निकालेको छ । 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले दुई तिहाईको सरकार हुँदाहुँदै पनि काम–कारबाही पीडादायी ढंगबाट निराशाजनक देखिएको बताएको हो । 

विवेकशीलले भ्रष्टाचार चुलिएको, दण्डहीनताले प्रशय पाएको, अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक रहेको, निजी क्षेत्र र लगानीकर्तामा उत्साह नभएको तथा विकास र पूर्वाधार निर्माणमा अलमल र चरम नैराश्य रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । 

null

‘समाजवाद उन्मुख भनिएको हाम्रो राज्य विपन्न र गरिव जनताको झुपडीमा पुग्ने कुनै संकेत देखिएको छैन। समग्रमा भन्नु पर्दा विकास र संवृद्धिलाई मूल नारा बनाएको सरकारले सो हासिल गर्न लागि रणनैतिक प्रस्थान बिन्दु नै पहिल्याउन सकेको छैन’, शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता खुम्च्याउने गरी कानून निर्माण हुँदै गरेको देखिंदै छ। वैदेशिक सम्बन्धलाई राष्ट्रहितमा डोर्याउन आवश्यक कुटनैतिक चातुर्यतामा सरकार पटक-पटक चुकेको छ। हाम्रो मौलिक संस्कृति र राष्ट्रिय स्वाभिमानप्रति समेत सरकारको असंवेदनशीलता बेलाबखतमा प्रकट हुनु खेदजनक छ।’ 

कामकारवाहीप्रति आलोचनात्मक भएर प्रधानमन्त्री स्वयंले अशोभनीय भाषा प्रयोग गर्दै असहिष्णु हुनु भन्दा आलोचनालाई सकारात्मक रूपमा ग्रहण गरी आम जनताको मन जित्ने कार्यशैली अपनाउन विवेकशीलले सुझाव दिएको छ । 

  

  

सरकार लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता खुम्च्याउने गरी कानून निर्माण गरेको र वैदेशिक सम्बन्धलाई राष्ट्रहितमा डोर्‍याउन कुटनैतिक चातुर्यतामा पटकपटक चुकेको विवेकशीलको बताएको छ । 

सरकार गठनको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाईसहित पार्टीले सुझावसमेत दिएको छ । 

विगतको एकवर्षको गम्भीर समीक्षा गरी आगामी बाटो तय गर्न भन्दै विवेकशील साझाले प्रधानमन्त्री ओलीलाई अशोभनीय भाषा प्रयोग नगर्न र आलोचनालाई सकारात्मकरुपमा ग्रहण गर्न सुझाव दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *