संघसँग अधिकार माग्न नसकेको भन्दै प्रतिपक्षीद्धारा प्रदेश सरकारको कडा आलोचना

विराटनगर, माघ २३ । प्रम्ख प्रतिपक्ष नेपाली कांग्रेसले नेकपाको दुई तिहाईको प्रदेश सरकारले आफनो अधिकार संघीय सरकारसँग माग्न नसकेको भन्दै एक नं.प्रदेश सरकारको कडा आलोचना गरेको छ । 

बुधबार बसेको प्रदेशसभा बैठकको बिषेश समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई संघीय सरकार समक्ष निरिह भएर यतिबेला रुँदै हिँडेको आरोप समेत लगाए । उनले प्रदेश सरकारले अहिले प्रदेशको जनताको पक्षमा काम गर्नु भन्दापनि दुई तिहाईको दम्भ पालेर आत्तिएको आरोप लगाए । 

सचेतक कार्कीले प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईमाथि महिला हिंसाको घटनामा उनको नाम जोडिएको भन्दैे प्रदेश सभा बैठकमा घटनाको बारेमा सरकारको धारणा समेत मागेका छन् ।  

null

 

प्रदेश सभाको बुधबारको बैठकमा ‘प्रदेश विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि सामान्य छलफल शुरु भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विधेयक सदनमा पेश गरेका थिए । 

त्यसैगरी ‘प्रदेश खेलकुदको सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाउने प्रस्ताव सर्वसम्मतीले पास गरेको छ । 

सामाजिक बिकास मन्त्री जीवन घिमिरेले विधेयक सामाजिक विकास समितिमा दफावार छलफलका लागि पठाइयोस भनी प्रस्ताव पेश गरेका थिए ।  

प्रदेश सभामा शुन्य समयमा बोल्दै प्रदेश सांसदहरुले लागु औषधका कारण हत्या हिंसा, बलात्कारका घटना बढेको भन्दै प्रदेश सरकारले लागु औषध बिक्री वितरणमा कडाई गर्न माग राखेका थिए भने केही प्रदेश सदस्यहरुले क्रसर व्यवसायीलाई सरकारले संरक्षण दिएको भन्दै सरकारको आलोचना गरेका थिए । 

शुन्य समयमा प्रदेश सदस्यहरु मोहनकुमार खड्का, सुयर्माराज राई, विन्दीया कार्की, वसन्तीदेवी यादव, शन्ध्याकुमारी दासले बोलेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *