यी ७ लक्षण, जुन क्यान्सरकाे हुन सक्छ

 

माघ २१, काठमाडौँ । क्यान्सर गम्भिर प्रकारको रोग हो । यदि क्यान्सरलाई बेलैमा पहिचान गर्ने सकियो भने रोकथाम गर्न पनि सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिने भन्दा पनि चिकित्सकको सल्लाह लिएर नियमित रुपमा चेकजाँच गरी परामर्श लिनु आवश्यक हुन्छ । 

क्यान्सर शरीरको टाउकोदेखि खुट्टासम्म हरेक ठाउँमा लाग्ने गर्छ । कतिपयलाई क्यान्सर सरुवा रोग हो भन्ने गलत भ्रम छ । क्यान्सर सरुवा रोग होइन । 

null

शरीरको एउटा अंगबाट फैलिएर अर्को अंग बिग्रन सक्छ । ९० प्रतिशत क्यान्सर गिर्खाबाट फैलिन्छ । शरीरको घाँटी, काखीमुनि हुने गिर्खाबाट क्यान्सर फैलिन्छ । हाम्रो शरीरमा यस्तो गिर्खाहरू छन् भने तुरुन्तै देखाउनुपर्छ । 

१. दुखाइ 

शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ । 

२. ज्वरोज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ । 

३.दुब्लाउँदै जानु वा वजन कम हुनुयदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस्। कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन। डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन। 

४. थकानजतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ । 

५. तनावजतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सका लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् । 

६. हत्तपत्त निको नहुने खोकी 

हत्तपत्त निको नहुने खोकी वा स्वर घोक्रो भएमा क्यान्सर हुन सक्छ । कसैलाई औषधि खाँदा पनि खोकी सञ्चो नभए । आवाज पनि घोक्रो हुँदै जान्छ भने क्यान्सर हुन सक्छ । 

७. कोठीशरीरमा आउने कोठीको रङ र आकारमा परिवर्तन देखा परेमा वा कोठी बिग्रेमा छालाको क्यान्सर हुन सक्ने चिकित्सकहरूको भनाइ छ । 

क्यान्सरका लक्षणहरु धेरै प्रकारका हुन्छन् । स्तन अथवा शरीरका अन्य भागमा दुखेमा वा दुख्ने वा नदुख्ने गिर्खा आएमा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ । काखीमुनि हुने गिर्खा वा स्तनमा आउने गिर्खा क्यान्सरको पहिलो स्टेज हुन सक्छ । 

उपचार गर्दा निको नहुने पुरानो घाउ भएमा त्यसबाट क्यान्सर हुन सक्छ । लामो समय उपचार गर्दा पनि असाधारण रूपमा शरीरका कुनै पनि भागबाट रक्तश्राव भएमा अथवा पिप आएमा क्यान्सर भएको हुन सक्छ । 

दिसा वा पिसाबको पानीमा फरक परेमा क्यान्सर हुन सक्छ । कहिले पानीजस्तो दिसा आउने, कहिले कस्सिएर दिसा आउने भएमा क्यान्सर हुन सक्छ । पिसाब छिटोछिटो लाग्दै गयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ । 

अपच भएमा अथवा खाना निल्न गाह्रो हुनेजस्ता समस्या देखापरे पनि क्यान्सर हुन सक्छ । विनाकारण शरीरको वजन घटेमा पनि क्यान्सर लागेको हुन सक्छ । यस्तो अवस्थामा चिकित्सककोमा जानुपर्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *