चलचित्रमा आउनुपूर्व ड्राईभर थिए अभिषेक बच्चन
माघ २२, मुम्बई । अभिषेक बच्चन ४३ वर्ष पुगेका छन् । ५ फ्रेबुअरी १९७६ मा मुम्बई महाराष्ट्रमा जन्मिएका अभिषेकले सन् २००० मा निर्देशक जेपी दत्ताको चलचित्र ‘रिफ्यूजी’ बाट बलिउडमा डेब्यु गरेका थिए ।
यद्यपी उनले चलचित्र धुमबाट बलिउडमा आफूलाई स्थापित गरेका थिए । यो भन्दा पहिले उनले १५ फ्लप चलचित्र दिइसकेका छन् । अहिले भने उनी बलिउडका स्टारहरुमध्येमा गनिन्छन् ।
अभिनेता अभिषेक चलचित्रमा आउनुपूर्व आफ्नै पिता अमिताभ बच्चनको कम्पनी एबीसीएल मा चालकको रुपमा काम गर्थे । अभिषेक आफैंले यस विषयको खुलासा गरेका हुन् ।
null
एक यूटीभी स्टारको स्पेशल शो ‘यो हो मेरो कहानी’ मा चलचित्र क्षेत्रमा आउनुपूर्व अरशद वारसी र चन्द्रचूड सिंहलाई सेटमा ल्याउने र लैजाने काम गरेको बताएका थिए ।
‘मेरो पिताको प्रोडक्शन कम्पनी एबीसीएल मा म प्रोडक्शन असिस्टेन्ट थिएँ । त्यहाँ म ड्राइभरको रुपमा काम गर्थेँ’ अभिषेकले भनेका छन् ।
अभिषेक बच्चनलाई एमबीए अध्ययनका लागि विदेश पठाइएको थियो । तर उनी बीचमै पढाइ छोडेर मुम्बई आएका थिए ।
अभिषेकलाई चलचित्र धुमले सुपरहिट बनाएपनि उनका पिता अमिताभले उनको तारिफ गरेका थिएनन् । डेब्यु गरेको करीब ७ वर्षपछि उनको चलचित्र ‘गुरु’ रिलिज भएको थियो । यो चलचित्र हेरेपछि थिएटर बाहिर आएर अमिताभले अभिषेकलाई अंकमाल गरेका थिए । उनले अभिषेकको तारिफ पनि मज्जैले गरेका थिए ।