ब्राजिलको लोकप्रिय फुटबल क्लब फ्लामेङ्गोका १० खेलाडीको आगलागीमा मृत्यु

ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ।क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।  

मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन्। उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ।  

रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *