दुई राप्रपाको एकता हर्ष न विष्मात: दीपक बोहरा

 

माघ १८, काठमाडौं । राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रवादी पार्टी विच भएको एकीकरण हर्ष न विष्मातको भएको राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष दीपक बोहराले बताएका छन् ।  

आज राप्रपा (प्रजातान्त्रिक) र राप्रपा र एकीकृत राष्ट्रवादी पार्टी विच राष्ट्रिय सभागृहमा एकता घोषणा गरिरहँदा राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले भने विज्ञप्ति नै प्रकाशित गरी राप्रपा (प्रजातान्त्रिक) र राप्रपा र एकीकृत राष्ट्रवादी पार्टीको एकताले नै बृहद् राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण हुने भएपनि त्यसो हुन नसकेको बताए ।  

null

आफुले तीनै राप्रपाविच बृहद् एकताको प्रयास गरेको भएपनि सफल नभएको भन्दै दुई राप्रपा विचको एकताको अर्थ समेत नभएको जिकिर गरे ।  

उनले पार्टीका आम नेता कार्यकर्ताहरुको भावना विपरित भएको एकतामा आफु सहमत हुन नसकेको बताएका छन् । मकालु खबरसँग कुरा गर्दै बरिष्ठ उपाध्यक्ष बोहराले पार्टी एकीकरणमा कामै नलाग्ने खेल खेलेको समेत जिकिर गरे । ‘यो एकताको कुनै अर्थ छैन, आफुभन्दा सानो दलसँग एकता गर्नुको के अर्थ हो ?’ उनले भने ।  

 

आफुभन्दा ठूलोसँग नमिल्ने, सानोसँग मिलेर राष्ट्रवादी शक्ति निर्माण नै हुन सक्दैन, यो आफ्नो स्वार्थ पुरा गर्न गरिएको एकता हो ।’ उनले भने ।  

बोहराले दुई पार्टीका अध्यक्षहरुको सहमतिमा भएको एकताले आम कार्यकर्ताको भावना समेट्न नसक्ने समेत दावि गरे । ‘यो एकतामा हाम्रा पार्टीका धेरै नेता कार्यकर्ताको सहमति छैन, यो एकताले राप्रपालाई निकास दिँदैन, पार्टी ठूलो बनाउन खोजेको हो भने, यो अर्थहिन भयो ।  

पूर्वमन्त्री समेत रहेका बोहराले पार्टी एकीकरणमा पार्टपोलियोले समस्या निम्त्याएको सन्दर्भमा पोर्टपोलियो बाधक नभएको बताए । ‘पोर्टपोलियो केहि भएको छैन, म अझैपनि तेस्रो तहमै छु, मात्र हतारमा गरियो भन्ने हो ।’ बोहराले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *