अटोरिक्सा, ट्रक र बोलेर ठोक्किदा रोहित रानाको मृत्यु

फागुन ५, चितवन । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका १२ साझा पेट्रोल पम्प अगाडि अटोरिक्सा, ट्रक र बोलेरो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा अटो चालक रौतहट घर भई हाल भरतपुरमा बस्दै आएका ४३ वर्षीय रोहित रानाको मृत्यु भएको हो । 

उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आँपटारीबाट बसपार्क गइरहेको ना६ख २१८९ नम्बरको ट्रक, सोही दिशातर्फ गइरहेको ना१ह ६६९५ नम्बरको अटो र विपरित दिशाबाट आउँदै गरेको ना४च ३५१४ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । 

null

बोलेरोले ठक्कर दिएको अटो पुनः ट्रकमा गएर ठक्कर खाएको थियो । ट्रक, बोलेरो र चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । 

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *