नेपाल भ्रमणमा आएका सोनु निगम बिरामी

 

फागुन ७, काठमाडौँ । भ्रमणका लागि नेपाल आएका सोनु निगम बिरामी परेका छन् । 

उनको ढाडको मांशपेसीमा समस्या देखिएपछि उनलाई मंगलबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । गायक निगमको डा पंकज जलान र डा प्रवीण नेपालको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ।  

null

एक्स रे गरी उनलाई औषधि दिइएको उपचारमा संलग्न डाक्टरले बताए । आजै उनलाई डिस्चार्ज गर्ने या नगर्ने भन्नेबारे छलफल भइरहेको अस्पतालले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *