डीपीएलका विजेताले ३० लाख पाउने, दर्शकका लागि टिकटदर कति ?

माघ २४, काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटका विजेताले ३० लाख पुरस्कार पाउने भएका छन् । 

सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता डीपीएलको पुरस्कार राशीमा २० प्रतिशतले बढाइएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । यो हालसम्म नेपालमा भएका फ्रेन्चाइजी क्रिकेट प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार रकम हो। 

अघिल्लो संस्करणको विजेताले २५ लाख प्राप्त गरेको थियो । प्रतियोगिताको कूल पुरस्कार राशी ६० लाख रहेको छ। 

null

धनगढीको फाप्ला क्रिकेट मैदानमा माघ २६ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन्। यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिईने छ। 

प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। 

प्रतियोगिताको उद्घाटन अवसरमा १ पूर्वखेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैया प्रदान गरिने समेत आयोजकले जनाएको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । 

प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । यस्तै आयोजकले दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकेको छ । 

टिकट बिक्रीको २० प्रतिशत रकम फाप्ला अन्तर्रा्ष्ट्रिय निर्माण अभियान (ड्रिम फाप्ला) लाई छुट्याइने तथा ४० प्रतिशत रकम सहभागी टिमलाई प्रदान गरिने आयोजकले बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *