मोती क्रिकेट क्लबको पहिलो जीत

माघ २९, विराटनगर । विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगितामा मोती क्रिकेट क्लबले पहिलो जित निकालेको छ । 

लायन्स क्लब अफ विराटनगर योङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनर–१९ स्थित वैजनाथपुर रंगशालामा मंगलबार भएको खेलमा प्रतियोगीताबाट बाहिरिसकेको मोती क्रिकेट क्लबले ईन्द्रेणी क्रिकेट क्लबलाई २ सय ११ रनले पराजित गरि प्रतियोगितामा पहिलो जित हात पारेको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको मोतीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ५० रनको योगफल तयार पारेको छ । जसमा म्यान अफ द म्याच रितेश माझीले १ सय १० बलमा ११ चौका प्रहार गर्दै ९८ रन बनाए भने कपिल मण्डलले २८ र अविशेक बरालले २१ रनको योगदान दिए । 

null

 

इन्द्रेणीका राज चौधरीले ३, सुयोस कार्की २ तथा सलमान शेख र श्रवण किस्कुले समान १–१ विकेट लिएका थिए । जवाफमा २ सय ५० रनको लक्ष्य पछ्याएको इन्द्रणीले ३५ दशमलव ३ बलमा सबै विकेट गुमाएर १ सय ३९ रनमा समेटियो । 

इन्द्रेणीका आशिष श्रेष्ठले ३७, श्रवण किस्कुले २२ र सन्नी सिंहले १५ रनको योगदान दिए । मोतीका कपिल मण्डल र विवेक पोखररेलले समान ३–३ विकेट लिए । 

बुधबारको खेल गुराँस पुस्तकालय होराइजन क्रिकेट क्लब बिच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *