अब भैरहवामा सुबिसुको नयाँ शाखा, इन्टरनेट तथा टिभि सेवामा बिषेश छुट

काठमाडौ– इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिले आफ्नो नयाँ शाखा भैरहवाको मिलनचोकमा बिस्तार गरेको छ। नयाँ शाखा कम्पनीका नेशनल सेल्स प्रमुख युवराज कार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र प्रसाद आचार्यले उद्घाटन गरेका हुन्। 

यस शाखाबाट सुबिसुले भैरहवा तथा यस क्षेत्रका ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गर्नेछ। नयाँ प्रबिधीसहितको गुणस्तरीय तथा तिब्र गतिको एफटिटिएच ईन्टरनेट तथाक्लियर टि.भि सेवा सहुलियत दरमा प्रदान गर्ने सुविसुुले जनाएको छ। 

क्लियर टिभी मार्फत २ सय ६५ भन्दा बढि (७० भन्दा बढि एच डि) च्यानलहरु, एफटिटिएच सेवामा न्युनतम १५ एमबिपिएस गति देखि १ सय एमबिपिएस गति सम्मको ईन्टरनेट सेवाउ पलब्ध गराउने छ। 

null

यसै अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकहरुलाई ईन्टरनेट तथा टिभि सेवामा बिषेश छुट प्रदान गर्ने घोषणा गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *