रोग अनुसारको जुस पिउँदा स्वास्थ्यलाई फईदा

माघ २३ । जुस हामी सबैले पिई रहेका हुन्छौँ । जुस पिउँदा हाम्रो स्वास्थ्यलाई फाईदा पुर्याउँछ । एउटा स्वास्थ्य व्यक्ति हुनुको लागि जुस पिउँनु अति आवश्यक छ । जुसले हाम्रो स्वास्थ्लाई तागत दिई स्फूर्ति पैदा गर्दछ । यदी हामीसँग कुनै रोग छ भने रोगकाे पहिचान गरी राेग  अनुसारको जुस पिउँदा यसले औषधीको रुपमा काम गर्ने  गर्दछ । आज हामी तपाईलाई कुन रोगले कुन जुस पिउँदा उपयुक्त हुन्छ बताउँने छौं । 

 

– जन्डिस जन्डिस हुँदा रोगीले अंगुर, स्याउ र मौसमको रस पिउनुपर्छ । किसमिस डुबाएको पानीले पनि राम्रो गर्छ । 

null

– अनुहारको दाग अनुहारको दाग हटाउनका लागि गाजर, खरबुजा, प्याज, तुलसी र पालुंगोको रस लाभदायी हुन्छ । 

– क्यान्सर क्यान्सरबाट मुक्तिका लागि गाजर र अंगुरको रस पिउनु राम्रो हुन्छ । 

– भोक नलाग्दा भोक नलाग्ने मान्छेले बिहान खाली पेट कागतीपानी खानुपर्छ अनि खानुअघि अदुवाको पेस्टमा बीरेनुन हालेर खानुपर्छ । 

– रगत सफा गर्न शरीरमा विद्यमान रगतलाई शुद्ध बनाउनका लागि कागती, गाजर, काउली, पालुंगो, स्याउ, तुलसी र बेलका पातहरूको रस लाभदायक हुन्छ । 

– दमको समस्या दमको रोगीले लसुन, अदुवा, तुलसी, काउली, गाजरको सुप र मुँगको दाल अनि बाख्रीको दूध खाँदा फाइदा पुग्छ । 

– उच्च रक्तचाप उच्च रक्तचापका रोगीहरूले गाँजर, अंगुर र मौसमको जुस पिउनुपर्छ । अनि शारीरिक र मानसिक आराम पनि गर्नुपर्छ । 

– निम्न रक्तचाप लो ब्लडप्रेसर भएकाहरूले गुलिया फलको रस पिउनुपर्छ भने अमिलो फलको रस पिउनुहुँदैन । अंगुर र मौसमको रस लाभदायक हुन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *