सत्तारुढ विद्यार्थीद्वारा त्रिवि उपकुलपतिको कार्यालय घेराउ
फागुन ६, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले उपकुलपति कार्यालय घेराउ गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले फागुन १४ का लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति घोषणा गरेपनि निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै अखिल र क्रान्तिकारीले संयुक्त रुपमा उपकुलपति कार्यालय घेराउ गरेका हुन् ।
null
कार्यालय घेराउ गरेपछि रजिस्टारले छिट्टै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । स्ववियु निर्वाचन टार्ने चलखेल भएको आरोप लगाउँदै आएका छन् ।
आइतबार अखिल अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।
सोही कार्यतालिका अनुसार ११ बजे उपकुलपतिको कार्यालय घेराउ गरिएको हो । मंगलबार भने देशभरका स्ववियु निर्वाचन हुने क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने जानकारी दिइएको छ ।