सिएमसी क्विजको ९ औं संस्करण सुरु

माघ २१, काठमाडौं । सिएमसी करीयर क्विजको ९ औं संस्करण माघको तेस्रो सातादेखि पोखरा बाट अडिसन सुरु भएको छ । 

बुटवलमा माघ २२ गते, चितवनमा माघ २४ गते, बिराटनगरमा माघ २७ गते र अन्तिम अडिसन काठमाडौंमा फागुन २ गतेका लागि तोकिएको आयोजक सँस्था मिटिङ्ग प्वाइन्ट प्रा.लि.ले जनाएको छ । 

अडिसनका लागि तोकिएको स्थानमा लिखित र मौखिक परीक्षामार्फत क्वालिफाइङ राउण्ड खेल्ने टिमको छनोट गरिने छ । राजधानी र राजधानी बाहिरका प्रतिस्पर्धी मध्ये कम्तिमा ५० टिमलाई छनोट गरिने आयोजकले जनाएको छ । 

null

 

क्विज प्रतियोगितामा सामेल हुन चाहने विद्यार्थी तथा विद्यालयले तोकिएको मिति र स्थानमा आफ्नो टिमको नाम दर्ता गर्नुपर्ने छ । सिएमसि करिअर क्विजको फेसबुक पेज www.facebook.com/cmccareerquiz तथा मिटिङ्ग प्वाइन्टको आधिकारिक वेबसाइट www.meetingpoint.com.np मार्फत पनि क्विजमा सहभागिताका लागि थप जानकारी पाउन सकिन्छ । 

दुवै ठेगानामा सहभागिताको फारम उपलब्ध हुनेछ भने एउटा शैक्षिक संस्थाबाट एक टिममा २ जना हुने गरी बढिमा २ टिमसम्मले अडिसनमा सहभागिता जनाउन सक्ने क्विजका प्रमुख कार्यकारी निर्माता सुरेश सिम्खडाले बताए । 

पोखरामा सम्पन्न अडिसन बाट ३ वटा टिमले क्वालिफाइङ राउण्ड खेल्नका लागि आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने तोकिएको बाँकी स्थानहरुमा अडिसन हुने आयोजकले जनाएको छ । 

सन् २०१० देखि औपचारिक रुपमा सुरु भएको करिअर क्विजको यो ९ औं संस्करण हो । देशका प्रतिष्ठित व्यक्तित्वहरुले सञ्चालन गर्ने प्रतियोगितात्मक कार्यक्रम करिअर क्विजका बिजेता टिमलाई नगद पुरस्कारसँगै ट्रफि, मेडल, प्रमाणपत्र र आकर्षक छात्रवृत्ति समेत प्रदान गरिने छ । 

नविनतम प्रबिधिको प्रयोग गरि छायांकन गरिने क्वालिफाइङ राउण्डदेखिका सबै खेलहरु एपी वान एचडी टेलिभिजनबाट आगामी बैशाखको पहिलो साताबाट प्रसारण गरिने कार्यक्रमका निर्माता तथा निर्देशक रजिन महर्जनले जनाएका छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *