दिवंगत पर्यटनमन्त्री अधिकारीको परिवारका साथमा प्रचण्ड

 

फागुन १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेर संवेदना प्रकट गरेका छन् । 

अध्यक्ष प्रचण्डले ललितपुरको पुल्चोकस्थित पर्यटनमन्त्री निवासमा पुगेर अधिकारीका बाबु, आमा र श्रीमतीलाई भेटेर संवेदना प्रकट गरेका हुन् । 

null

 

प्रचण्डले बिहीबार बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *