अग्युरोको ह्याट्रिक, आर्सनल पराजित

एजेन्सी । इन्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा साबिक विजेता सिटीले आर्सनललाई ३-१ गोल अन्तरले हराएको हो । 

घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरेपछि सिटीले सहज जित निकालेको हो । आर्सनलका लागि लौरेन्ट कोसील्नीले एक गोल फर्काए । 

इदिहाद स्टेडियममा खेलको पहिलो मिनेटमै अग्युरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ११ औं मिनेटमा आर्सनलका लौरेन्टले गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । तर, खेलको ४४ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता २-१ बनाए । 

null

दोस्रो हाफमा सिटीका लागि अग्युरो नै नायक बने । खेलको ६१ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै सिटीलाई ३-१ को महत्वपूर्ण जित दिलाए । 

जितसंगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । सिटीले २५ खेलबाट ५९ अंक जोडेको छ । र, सिटी लिग लिडर लिभरपुलभन्दा २ अंकले पछि छ । एक खेल कम खेलेको लिभरपुलको ६१ अंक छ । पराजित आर्सनल ४ अंक जोडेर छैटौं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *