बुढासुब्बा रेडबुल गोल्डकप: सहारा क्लब पोखरा र नेपाल पुलिस क्लब भिड्दै

धरान,सुनसरी। सुनसरीको धरानमा आईतबारबाट सुरु भएको २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको दोश्रो दिनको खेलका लागी आज सहारा क्लब पोखरा र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो ३ बजे  हुने छ। 

बुढासुब्बा गोल्डकपको सर्वाधिक बिजेता  नेपाल पुलिस क्लबसंग पोखरालाई जित्न कठिन हुने भएपनि साहारा क्लब पोखरा पनि कम नरहेको आयोजक धरान फुटबल क्लबका अध्यक्षन किशोर राईले बताउनुभयो छैन। 

मौषम प्रतिकुलताका कारण निर्धारित समयभन्दा एक दिन ढिलो गरी सुरु भएको यसपटकको प्रतियोगिताको विजेतालाई ८ लाख र उपविजेतालाई ४ लाख प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृट खेलाडीलाई होण्डाको स्कुटर, हाई स्कोररलाई ३५ हजार, बेष्ट गोल किपरलाई २५ हजार, बेष्ट डिफेन्सलाई २५ हजार, बेष्ट मिडफिल्डरलाई २५ हजार, फरबार्डलाई २५ हजार र बेष्ट स्ट्राईकर लाई नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । 

null

धरानका उदयीमान खेलाडीलाई समेत नगद १५ हजारले पुरस्कृत गरिने छ। सोही गोल्डकपमा दैनिक रुपमा टिकट काटेर खेल हेर्ने दर्शकहरुका लागी पनि लक्की ड्र मार्फत होण्डाकै नावी बाईक प्रदान गरिनेछ । २०५५ सालदेखि शुरु हुँदै आएको बुढासुब्बा गोल्डकपको गत सालको बिजेता थ्री स्टार क्लब हो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *