कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स विच बैंकान्स्योरेन्स सम्झौता

माघ २५, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकान्स्योरेन्स सम्झौता भएको छ ।  

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । 

 

null

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् । 

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा ATM मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । 

साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *