संकटा र झापाबिच सडेन डेथ पनि बराबरी, आज फेरि टाइब्रेकरमार्फत् खेल टुङ्ग्याउने

धरान,सुनसरी । धरानमा आइतबारदेखि शुरु भएको २१ औं बुढासुब्बा गोल्डकपको सिएमजे क्लव संकटा र मेची नेत्रालय कांकरभिट्टाबिच भएको खेल बराबरीमा रोकिएको छ । बर्षाले प्रभावित भएर एक दिन पछि सरेको २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेल आइतबार पनि अनिर्णित समेत बन्यो । 

धरान रंगशालामा भएको खेल खेलमा दुवै टीमको तर्फबाट दुई दुई गोल भएको थियो भने टाइबेकरमा ४/४ गोल भएको थियो । सडन डेथमा पनि बराबरी भएपछि समय अभावका कारण रेफ्रि प्रशिक्षकको सल्लाहामा आईतबार भएको उदघाटन खेल रोकिएको हो । 

 

null

खेलमा संकटाकोतर्फबाट जय गुरुङ र दिपेश आले मगरले गोल गरेका थिए भने झापका तर्फबाट कर्ण लिम्बू र पुजन उपरकोटीले गोल गरेका थिए । त्यसपछि खेल सिधै टाइब्रकेरमा गएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएको थियो जहा संकटाका सेड्रिक अबा, दिपेश आलेमगर, रोमन लिम्बू र लक्ष्मण रुचालले गोल गरे पनि अमित तामाङ गोल गर्न चुकेका थिए । 

उता झापाका योगेश गुरुङ, दिलेन लोक्ताम, आशिष चापागाई र शुसिल राईले गोल गरेका थिए भने विकास राई गोल गर्न असफल हुदा ट्राईबरेकरमा पनि बराबरी भएको हो । टाइब्रेकर पनि बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा संकटाका रवि सिलवाल, इरस्नेट टेम्प, विष्णु गुरुङ, सुवास गुरुङ, राजाबाबु थापा(गोलकिपर)ले गोल गरे भने जय गुरुङले गोल गर्न सकेनन् । 

 

केएफटिसिका पुजन उपरकोटी, निजर बस्नेत, अशोक खवास, किसोर गिरी(गोलकिपर), दिवस उराव र खमिर जिल्सन कन्दङ्वाले गोल गरे भने अशोक खवास गोल गर्न चुके । सडन डेथबाट पनि खेलको निर्णय नभएपछि दुवै टिमसँग सल्लाह गरेर आयोजक धरान फुटबल क्लबले आज (सोमबार) बिहान पुनः टाइब्रेकर गर्ने घोषणा गरेको थियो भने दुबै टीमबीच पुन सोमबार (आज) टाइब्रेकरमार्फत् खेल टुङ्ग्याउने आयोजक धरान फुटबल क्लबले जनाएको छ । 

त्यस्तै आज (सोमबारकै अर्काे खेल खप्तड गोल्डकपको विजेता नेपाल पुलिस क्लब र सहारा क्लबबीच दिउसो ३ बजे हुने आयोजकले जनाएको छ । बुढाुब्बा गोल्डकपकै ईतिहासमा पहिलो पटक भएको यस्तो प्रतियोगिताको उद्घाटन भने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले गरेका थिए । 

सोही कार्यक्रमलाई स्म्बोधन गर्नुहुदै बिष्टले धरान १६ स्थित रंगशालाको दक्षिणपट्टिको खाली जग्गामा २३ करोड लागतमा नया बहुउद्देश्यीय कभर्ड हल निर्माण गर्ने बताए। २१ औं बुढासुब्बा गोल्डकपको उद्घाटन समारोहमा परिषदका सदस्य सचिव केशवकुमार विष्टले उक्त कभर्ड हलको डिजाइन समेत तयार भइसकेको जानकारी दिए। अर्काे आर्थिक बर्षमा टेण्डर भएर निर्माण कार्य शुरु हुने सदस्य सचिव विष्टको भनाई थियो । 

‘नयाँ बहुउद्देश्यीय कभर्ड हल यहाँ बन्छ, अण्डरग्राउण्डा पार्किङ हुन्छ, र २ तला कभर्ड हल हुन्छ,’सदस्य सचिव विष्टले भने । लामो समयदेखि निर्माणाधिन रंगशाला पुर्ण नभएकोप्रति पनि उनले मास्टर प्लानअनुसार आकार ग्रहण गर्न केही बर्ष लाग्ने पनि बताए। 

 

रंगशाला पुर्ण भएपछि १५ हजार दर्शक क्षमता रहने उनको भनाई थियो । सदस्य सचिव विष्टले नेपाललाई खेलाडीहरुले नै संसारमा चिनाएको भन्दै अबको बर्षहरुमा सबैभन्दा धेरै सम्मान र कमाई पनि खेलाडीहरुकै हुने बताए। 

त्यस्तै सोही कार्यक्रममा धरान फुटबल क्लबका अध्यक्ष किसोर राईले सदस्य सचिवलाई अपुरो रहेको धरानको रंगशाला पुर्ण र अन्र्तराष्ट्रियस्तरको बनाउन आग्रह गरेका थिए । कार्यक्रममै सदस्य सचिव विष्टलाई सम्मान समेत गरिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *