इन्धनको मूल्य बढ्यो

काठमाडौं । इन्धनको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर बढाएको हा । 

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय १० रूपैयामा उपलब्ध हुनेछ । त्यसैगरी डिजेल र मट्टीतेल ९७ रूपैया प्रतिलिटर पर्नेछ । 

भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार निगमलाई पेट्रोल २ रूपैयाँ २५ पैसा र डिजेल ४ रूपैयाँ २८ पैसा महँगो पर्नेछ । यसअघि पनि मूल्य बढेर आएपनि निगमले नेपाली बजारमा तेलको भाउ बढाएको थिएन । 

null

दसैं तिहार समयमा घाटामा तेल बेचेको निगमको अझै १ अर्ब ६ करोड घाटापूर्ति हुन बाँकी छ । नयाँ मूल्यअनुसार निगमलाई १५ दिनमा १ अर्ब १६ करोड रूपैयाँ नाफा हुनेछ ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *