डीपीएल: रुपन्देही च्यालेञ्जर्स विजयी, महेन्द्रनगर २ रनले पराजित

माघ २८, काठमाडौँ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालेञ्जर्सले विजयी सुरुवात गरेको छ । 

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले हराउँदै रुपन्देहीले विजयी सुरुवात गरेको हो । 

रुपन्देहीले जितका लागि दिएको १ सय १२ रनको सामान्य लक्ष्य सहित ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । 

null

मेहेन्द्रनगरका सुब्रमुनियम आनन्दले सर्वाधिक २५ रन जोडे। ३४ बलको सामना गरेका उनले १ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले २४ रन जोडे भने मोहम्मद नाभिदले १२ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। 

रुपेन्देहीका विक्रम सोबले ३, पुनित मेहराले २, ललितसिंह भण्डारी र बसन्त रेग्मीले १ विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २७ रन जोडे । यस्तै विनोद भण्डारी १९, सन्दीप सुनार १५ तथा बाबर हायत १४ रनमा आउट भए । बिक्रम शोब १६ रनमा अविजित रहे । 

महेन्द्रनगरका सिधान्त लोहनीले ३ तथा अभिनास बोहरा र सागर ढकालले २–२ विकेट लिए । 

अब महेन्द्रनगरले बुधबार काठमाडौं गोल्डेन्ससँग खेल्नेछ । यसअघि भएको पहिलो खेलमा काठमाडौंले साबिकको बिजेता धनगढी स्टार्सलाई ४ विकेटले हराएको थियो । 

यस्तै रुपन्देहीले मंगलबार विराटनगर किङससँग खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *