मृगौलापीडित गुरुङको उपचारका लागि डा.शर्माद्वारा एक लाख सहयोग (भिडियोसहित)

 

मोरङ, १८ माघ । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको बेलबारीकी मृगौलापीडित सरस्वती गुरुङको उपचारका लागि एक लाख सहयोग गरेका छन् । बेलबारी नगरपालिका–४ धरहरा स्थित गुरुङको घरैमा पुगेर डा.शर्माले सहयोग प्रदान गरेका हुन् । 

सहयोग संकलनका विषयमा भएको छलफल कार्यक्रममा डा.शर्माले मृगौलापीडित गुरुङलाई एक लाख रकमको चेक हस्तान्तरण गरे । आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आएका बिरामीहरुलाई डा.शर्माले यसअघि पनि पटक–पटक सहयोग गर्दै आएका छन् । 

null

सुन्दरहरैचाकी क्यान्सरपीडित नन्दकुमारी मगर र तातोपानीले पोलेर घाईते भएकी बेलबारीकी सुकमाया राईलाई पनि डा.शर्माले एक/एक लाख सहयोग गरेका थिए । हजारौं गरिव, विपन्न तथा असहाय बिरामीलाई खोजी–खोजी निःशुल्क उपचार गराउँदै आएका डा.शर्माले गरिव तथा जेहन्दार छात्र–छात्रालाई पनि शैक्षिक सामाग्री प्रदान गर्दै आएका छन् । 

 

समाजसेवामा सक्रिय डा.शर्माले मृगौलापीडित गुरुङले उपचारमा समस्या झेल्दै आएको थाहा पाएर घरैमा पुगी सहयोग गरेका हुन् । सोहि कार्यक्रममा अन्य व्यक्तिले पनि सहयोग हस्तान्तरण गरेका थिए । दुबै मृगौला फेर्नुपर्ने अवस्थामा पुगेकी ३५ बर्षीया गुरुङले गत साउन देखि नोबेल अस्पतालमा नियमित डायलाईसिस गराउँदै आएकी छन् । 

डाक्टरहरुले जतिसक्दो चाडो मृगौला प्रत्यारोपण गर्न सुझाव दिएको भएपनि पैसा नभएका कारण आफूहरु संकटमा परेको सरस्वतीका श्रीमान मानबहादुरको दुखेसो छ । 

‘४०/५० लाख पैसा लाग्ने रहेछ । हामी गरिबले यत्रो पैसा जुटाउन सक्ने अवस्था नै छैन ।’ भावुक हुँदै उनले भने ‘सहयोग गरेर मेरी श्रीमतीको ज्यान बचाईदिन सबैमा अनुरोध गर्छु ।’ मृगौला प्रत्यारोपण गर्न पैसा नपुगेपछि अहिले ‘सरस्वती गुरुङ बचाउ अभियान’ सञ्चालन गरी सहयोग संकलन थालिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *