च्याम्पियन्स लिग: घरेलु मैदानमा पोर्टोविरुद्व रोमाको अग्रता

  

 

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा प्रि क्वार्टरफाईनलको खेलमा ईटालियन क्लब रोमाले एफसी पोर्टोलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा रोमाले पोर्चुगिज क्लबविरुद्व २–१ को अग्रता लिन सफल भएको छ ।निकोलो जोनिलोले ७० औ मिनेटमा गोल गर्दै रोमालाई अग्रता दिलाएका थिए । ७६ औ मिनेटमा उनले घरेलु टोलीको अग्रतालाई दोब्बर पारेका थिए । घरेलु लिगमा गतिलो प्रर्दशन गर्न नसकेको रोमालाई पछिल्लो नजिताले केही राहत दिएको छ । 

null

 

७९ औ मिनेटमा लोपेजले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो सफल हुन सकेन । दोस्रो लेगको खेल पोर्टोको घरेलु मैदानमा हुनेछ । खेल मार्च ६ मा हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *