काठमाडौ गोल्डेन्स र धनगढी स्टार्स तथा रुपन्देही च्यलेञ्जर्स र महेन्द्रनगर युनाइटेड भिड्दै

 

काठमाडौं । धनगडी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करण आज (सोमबार) सुरु हुँदैछ । बर्षाका कारण दुई दिन पछाडी सरेको प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताको पहिलाे दिन दुई खेल हुनेछ। 

पहिलो खेल काठमाडौ गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान ९ बजे हुनेछ । काठमाडौ गोल्डेन्स ज्ञानेन्द्र मल्लकाे कप्तानीमा मैदान उत्रने छ । धनगढी स्टार्सकाे नेतृत्व सोमपाल कामीले गर्नेछन्। 

null

दोश्रो खेलमा भने रुपन्देही च्यलेञ्जर्स र महेन्द्रनगर युनाइटेडबीच १ बजे प्रतिस्पर्धा हुनेछ । फाफ्ला मैदानमा हुने दाेस्राे खेल दिउँसाे १ बजे सुरु हुनेछ । 

रुपन्देही च्यलेञ्जर्सका कप्तान बसन्त रेग्मी हुन् । महेन्द्रनगर युनाइटेडकाे नेतृत्व शरद भेषवाकरले गरेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *