नेपाललाई झड्का, पारस र प्रदिप आउट
मकालु खबर
२०७५ माघ १८ गते
माघ १८, काठमाडौँ । दोस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
युएईले जितका लागि दिएको १०८ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेटको रुपमा ओपनर प्रदिप ऐरीलाई गुमाएको हो ।
प्रदीपलाई अमिर हायतले ८ रनमा आउट गरे । नेपालले १ ओभर ५ बलमा २ विकेट गुमाएर ९ रन जोडेको छ ।
null
यसअघि नेपालले पहिलो विकेटको रुपमा कप्तान पारस खट्कालाई गुमाएको थियो । कप्तान पारसलाई मोहमद नाभिदले आउट गरेका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।
मकालु खबर
२०७५ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित