जोकोभिकले जिते लरेस वल्र्ड स्पोर्टस अवार्ड, महिलातर्फ अमेरिकी सिमोनले मारिन बाजी

एजेन्सी । सर्वियाका टेनिस स्टार नोभाक जोकोभिक, अमेरिकी जिम्नास्ट सिमोन बाइल्स, गल्फर लेडेन्ड टाइगर वुड्स र विश्व कप फुटबल विजेता टिम फ्रान्सले यो वर्षको लरेस वल्र्ड स्पोर्टस अवार्ड हात पारेको छ । मोनाकोमा सोमबार राती भएको एक समारोहमा एवार्डका लागि मनोनित भएकाहरुको नाम सार्वजनिक गरिएको थियो । 

नोभाक जोकोभिकले फुटबलर केलियन एमबाप्पे, केन्याका धावक एलियुद किपचोगे र अमेरिकन बास्केटबल प्लेअर लेब्रोन जेम्सलाई पछाडी पार्दै यो वर्षको सर्वश्रेष्ठ पुरुष खेलाडीको पुरस्कार जितेका हुन् । कुहिनाको चोट ठिक भएर उठेपछि तीनवटा ग्रयान्ड स्ल्यामका विजेता बनेका जोकोभिकले चौथो पटक लरेस वल्र्ड स्पोर्टस अवार्ड जितेका हुन् । 

महिलातर्फ अमेरिकी जिम्नास्ट सिमोन बाइल्सले यो अवार्ड जितेकी छन् । उनले विश्व च्याम्पियनसिपमा रेकर्ड बनाउँदै चार स्वर्ण, एक रजत र एक कास्य पदक जितेकी थिइन् । उनलाई २०१७ मा पनि यो पुरस्कार प्रदान गरिएको थियो । फिफा विश्वकप विजेता फ्रान्सको राष्ट्रिय फुटबल टिमले सर्वश्रेष्ठ टिमको उपाधि हात पारेको छ । योबाहेक गल्फ स्टार टाइगर वुड्सले पनि यो अवार्ड प्राप्त गरेका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *