डा. सशांक नै भिडेका हुन् त गिरिजाप्रसादको हुर्मत लिन ?
फागुन ३, काठमाडौं । राजनीति भन्ने पेशा अचम्मको हुन्छ । अझ नेपालको राजनीति झन् अचम्मको हुन्छ । यसले न गुण हेर्छ न त दोष । अझ अचम्म त के हुन्छ भने आफु माथि जान यसले आफन्त खोज्छ, कार्यकर्ता खोज्छ, भरपर्दो समूह खोज्छ तर माथि गइसके पछि आफुलाई सुरक्षित गर्न त्यही सिंढी बनाएकालाई सिध्याउन मेहनत गर्न थाल्छ ।
विगत ५० वर्ष देखि नेपालको राजनीतिमा नेतृत्वदायी भूमिका खेल्न सफल भएको तर वर्तमान अवस्थामा सानो प्रतिपक्षको रुपमा खुम्चिएको नेपाली कांग्रेस भित्र पनि कोइराला परिवारमा भैरहेको घात अन्तर्घातले यस्तै रोचक मोड लिन थालेको छ । अहिले कांग्रेसको केन्द्रिय राजनीतिमा रहेका तीन कोइराला मध्ये सबै भन्दा सोझा र भद्र मानिएका डा. सशांक कोइराला नै आफ्नो पारीवारिक पृष्ठभूमी मेटाउदै राजनैतिक सती जाने क्रममा अगाडी बढेको देखिएको छ ।
null
शेरबहादुर देउवा बिरुद्धको राजचन्द्र पौडेल समूहबाट निर्विकल्प महामन्त्री उठेका डा. कोइरालाले चुनावको दुइ दिन अगाडी अकस्मात शेर बहादुर देउवा सँग गठजोड गरि ‘दुई स’ लाई जिताउने गोप्य अभियान चलाएर आफ्ना समूहका सभापति पौडेल र देउवा समूहका महामन्त्री अर्जुन नरसिंह के सी लाई वलीको बोका बनाए । साथै कृष्ण प्रसाद सिटौलालाई सभापतिको उम्मेद्वारी नछोड्ने भूमिका समेत निभाइरहे ।
कांग्रेस संसदीय दलको चुनावमा आफ्नो समूह वाट उठेका प्रकाशमान सिंह लाई धोका दिएर डा. सशांक शेरबहादुर देउवाको कित्तामा उभिए र आफु मात्र जोगिएर आफ्नै समूहलाई सिध्याए ।
डा. कोइरालाले महामन्त्रीको चुनाव जिते पछि न त जिल्ला घुमेर कार्यकर्ता भेटे न केन्द्रमा आफ्ना कार्यकर्तालाई संरक्षण गरे । आफ्नो सानो कोटरी भित्र बस्ने, र कुनै गतिविधि नगर्ने बानीले डा. कोइराला आफ्नै पार्टी र कार्यकर्ता माझ अलोकप्रिय बने । यही अवस्थालाई मध्यनजर गर्दै डा. कोइराला अचानक उग्र हिन्दु धर्म वादी र राजतन्त्र पुनर्स्थापनाको पक्षपाती बने । आफ्नो गुमेको साख यो मार्गले फर्काउछ भन्ने उनको विश्लेषण थियो ।
तर, वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको योगदानलाई टेकेर डाक्टरी पेशा छोडेर राजनीतिमा हाम्फालेका डा. कोइरालाको यो कदमले उनि झन् अलोकप्रिय बने । यो कुरा उनले बुझ्नै सकेनन् । फलतः हिन्दु धर्म र राजसंस्था पुर्नस्थापनाको नारा लगाउँदै भारतमा नरेन्द्र मोदी भेट्न गएका उनले मोदीका पीए सम्मलाई भेट्न नपाएर हिस्स भए ।
२०६२/०६३ को जनान्दोलन पछि गिरिजाप्रसाद कोइरालाको एकल माग अनुरुप नै विघठित संसद पुर्नस्थापित हुन गई त्यही संसदले गणतन्त्र स्थापनाको घोषणा गर्नुका साथै देशको आजको सबै परिवर्तनको अधार खडा गरेको सम्बन्धमा नेपाली कांग्रेस स्वयंको महासमितिको राजनैतिक प्रतिवेदनमा उल्लेख नहुनु र सो सम्बन्धमा महामन्त्री डा. कोइरालाले एक शब्द पनि नबोल्नु डा. सशांकको कमजोरी थियो ।
सदैव आफ्नो बदनामीको कारण बनेका पी ए भरत तिवारीलाई शेरबहादुर खेमामा राखी आफ्नो समूहका सबै गतिविधि सुनाउने गरेको र आफ्नो समूहलाई क्रमशः कमजोर बनाउँदै देउवा सँगै सभापतिको निमित्त वार्गेनिङ्ग गर्नु उनको अर्को भुल हो ।