महालक्ष्मी लाईफ इन्स्योरेन्सले नेपालमै पहिलो पटक ल्यायो डबल बीमा योजना

माघ २४, काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लि.ले नविनतम बीमा योजना सार्वजनिक गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै इन्स्योरेन्सले महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा र महालक्ष्मी सावधिक बीमा योजना सार्वजनिक गरेको हो । 

नेपालमै पहिलो पल्ट महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमाङ्कको दोब्बर रकम भुक्तानी ग्यारेन्टी गरेको छ । यो योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवभि समाप्ति पछि बीमाङ्क दोब्बर भुक्तानीको ग्यारेन्टी गरेको हो । 

यसैगरी इन्स्योरेन्सले लगानी फिर्ता बीमा योजनामा बीमा शुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एकमुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्ति पछि जम्मा गरेको बीमा शुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गर्नेछ । यसैगरी महालक्ष्मी सावधिक योजना अन्र्तगत न्युनतम बीमा शुल्कमा सुरक्षा पनि पाइने, बचत पनि हुने र कम्पनीको नाफामा पनि सरिक हुन पाइने सुविधा रहेको छ । 

null

 

‘हामीले ल्याएको तीन बीमा मध्ये महालक्ष्मी डबल बीमा र लगानी फिर्ता बीमा योजना नेपालमै पहिलो पल्ट ल्याइएको हो । यसले बीमितलाई अधिकतम लाभ र सुरक्षा प्रदान गर्नेमा हामी विस्वस्त छौं ।’ पत्रकार सम्मेलनमा बोल्दै इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले भने–‘बीमा क्षेत्रमा नकारात्मक असर नपरोस भनेर अक्योरीहरुसँग सल्लाह गरेर ल्याएको महालक्ष्मी डबल बीमा योजना र लगानी फिर्ता म्यादी बीमाले बजारमा नयाँ तरंग ल्याउनेमा हामी विस्वस्त छौं ।’ 

प्रमुख कार्यकारी अधिकृतले बजारमा कतिपय इन्स्युरेन्स कम्पनीले डबल बीमा रकम दिने भन्दै गलत पोलिसी ल्याएको र बीमितलाई ठगिरहेको गुनासो आइरहेकोमा आफुहरुले ल्याएको डबल बीमा योजना सपना देखाएर भन्दापनि फ्याक्ट बेसमा तयार पारेको दावि गरे । 

भट्टराईले पुराना इन्स्योरेन्स कम्पनीले बढि बोनस दिइरहेकोमा नयाँ इन्स्योरेन्स कम्पनीको बोनस रेट कम भएको भएपनि आफुहरुले मार्जिन कम राखेर डबल दिने जिकिर गरे । ‘निश्चित रुपमा पुराना इन्स्योरेन्स कम्पनीले दिने बोनस र नयाँले दिनेमा केहि फरक छ, तर, हामीले हाम्रो मार्जिनलाई कम गरेरै भएपनि बीमितलाई डबल दिने जमर्को गरेका छौं ।’प्रमुख कार्यकारी अधिकृतले लगानी फिर्ता म्यादी बीमाका बारेमा जानकारी दिँदै नियमित पैसा तिर्न नसक्ने वर्गलाई अधिकतम लाभ हुने गरी यो योजना ल्याइएको जानकारी दिए । 

महालक्ष्मी लाइफ इन्स्योरेन्सले शाखा विस्तार गर्ने भन्दा पनि ट्यावलोइट सेवा विस्तार गर्ने रणनीति बनाएको छ । ‘बढि शाखा विस्तार गर्दा खर्च बढ्ने भएकोले बीमितलाई मार्जिन बढि दिन नसकिने भएकोले खर्चलाई न्यूनिकरण गर्दै बीमितलाई बढि फाइदा दिनेमा हामी लागेका छौं ।’ उनले भने । 

 

इन्स्योरेन्सका अध्यक्ष मनोरञ्जन रमण शर्माले इन्स्योरेन्सले ल्याएको पोलिसी बीमा क्षेत्रमा नयाँ र प्रभावकारी हुने बताए । उनले महालक्ष्मी इन्स्योरेन्ससँग लामो समयदेखि इन्स्योरेन्स क्षेत्रका कार्यरत अनुभवी र क्षमतावान ब्यक्तिहरुको संलग्नता रहेकोले आफुहरु सफल हुने बताए । 

इन्स्योरेन्सले यहि माघ भित्र काठमाडौं, वीरगंज र पोखराबाट कारोबार सुरु गर्नेछ भने, फागुन दोस्रो साताबाट इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट कारोबार सञ्चालन गर्ने तयारी गरेको छ । 

कम्पनीको चुक्ता पूँजी रु २०० करोड रहेको छ । जसमा संस्थापकहरुबाट रु १४० करोड चुक्ता भइसकेको र बाँकी ६० करोड सर्वसाधारणको लागि छुट्याएको छ । कम्पनीको कारोबार पूर्नबीमा विश्वकै अग्रणी म्युनिख री र अनिवार्य पूर्नबीमा नेपाल री सँग रहनेछ । 

इन्स्योरेन्सको सञ्चालक समितिमा अध्यक्ष शर्मासँगै उमेश लाल श्रेष्ठ, मोहन राज जोशी र सुरेश सापकोटा रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *