कामना सेवाकोे ६६ औं शाखा चाबहिलमा
मकालु खबर
२०७५ फागुन १३ गते
फागुन १२, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको वडा नं ०७, चाबहिलमा आज ६६ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।
बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।
बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा राजधानीको लागि पाँचौ शाखा भएको र थप दुई शाखाहरु पनि शिघ्र सञ्चालनमा आउने बताउँदै काठमाडौं उपत्यकाको व्यापारिक तथा आवसीय क्षेत्र चाबहिलमा शाखा सञ्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने बताए ।
null
मकालु खबर
२०७५ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित