ओखलढुङ्गामा अग्नि ग्रुपको शोरुम

काठमाडौं– अग्नि ग्रुपले महिन्द्रा गाडीहरुका लागि ओखलढुङ्गामा आफ्नो आधिकारिक नयाँ शोरुम स्थापना गरेको छ। कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रहरुमा आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्ने छ । 

शोरुमको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेश नं १ का सभासद अम्बिरबाबु गुरुङ्गले गरेका थिए । 

हालै स्थापनागरिएको रुम्जाटार अटोमोबाइल्सबाट जेन्यून पार्टपाइनुका साथै, विक्रीएवं विक्री पछिको सेवाप्रदान गरिने शोरुमका प्रबन्ध निर्देशक राज घलेले बताए। 

null

यो शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका फोरह्वील सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन्। ओखलढुङ्गास्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ओखलढुङ्गा तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा पाउने विश्वास कम्पनीले लिएको छ । 

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नि इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथाविद्युतीयकार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *