निशान किक्स गाडी सार्वजनिक, मूल्य कति?

काठमाडौं । निसानको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले निशान किक्सलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ ।  

कम्पनीले भारतीय बजारमा बिक्री सुरु भएको करिब २५ दिनपछि निशान किक्सलाई नेपाली बजारमा बिक्री सुरु गरेको हो। काठमाडौंमा उक कार्यक्रमको आयोजनागरी कम्पनीले आफ्नो पछिल्लो एसयूभी किक्सको बिक्री वितरण सुरु गरेको हो ।  

कम्पनीले किक्सको सुरुवाति मूल्य ४७ लाख ९९ हजार  र टप भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।   

null

‘द इन्टेलिजन्ट एसयूभी’ एसयूभी स्लोगनको साथ किक्सलाई बजारमा ल्याएको छ । डिजेलमा ३ भेरियन्ट र पेट्रोलमा २ भेरियन्टसहित किक्स नेपाली बजारमा ५ भेरियन्टमा उपलब्ध भएको छ ।  

कम्पनीले किक्समा डिजेल र पेट्रोल दुबै भेरियन्टमा १.५ लिटरको इन्जिन दिएको छ । यसमा दिइएको १४९८ सीसी क्षमताको पेट्रोल इन्जिनले १०६ पीएस पावर र १४२ एनएम टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले ११० पीएस पावर र २४० एनएम टर्क जेनेरेट गर्छ ।  

निशानले किक्समा स्ट्यान्डर्ड फिचरको रुपमा सबै भेरियन्टमा ड्यूल फ्रन्ट एयरव्याग, ईबीडीसहितको एबीएस, आईएसओफिक्स चाइल्ड सिट माउन्ट दिएको छ । यसको टप भेरियन्टमा साइड–एयरव्याग, ईएसपी र हिल–स्टार्ट असिस्ट, ३६० डिग्री क्यामराको फिचर रहेको छ ।  

यसमा रहेको अन्य फिचरहरूमा एलईडी प्रोजेक्टर हेडल्याम्प, रेन्सेन्सिङ्ग वाइपर, कुल्ड र इलूमिनेटेड ग्लोभ–बक्स, क्रूज कन्ट्रोल र ८ इन्चको एन्ड्रोइड अटो तथा एप्पल कार–प्ले सपोर्ट गर्ने इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।  

गाडीको डाइमेन्सको कुरा गर्दा यसको लम्बाई ४३८४ एमएम रहेको छ भने, चौडाई १८१३ एमएम, उचाई १६५६ एमएम र ह्वीलवेस २६७३ एमएम रहेको छ । कम्पनीले यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।  

कम्पनीले पेट्रोल भेरियन्ट एक्सएलको मूल्य ४७ लाख ९९ हजार राखेको छ भने एक्सभी भेरियन्टको मूल्य ५२ लाख ९९ हजार तोकेको छ ।  

त्यसैगरी डिजेल भेरियन्टमा एक्सएल भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रहेको छ भने, एक्सभी भेरियन्टको मूल्य ५६ लाख ४९ हजार तोकेको छ । कम्पनीले डिजेलमा टप भेरियन्टको रुपमा एक्सभी प्रिमियमको मूल्य ५९ लाख ९९ हजार तोकेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *