मानेले मौका खेर फाल्दा लिभरपुल बायर्नसँग बराबरीमा रोकियो

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा लिभरपुल र बायर्न म्युनिखले गोलरहित बराबरी खेलेका छन् । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले तीन वटा उत्कृष्ट मौका पाए पनि गोल गर्न भने सकेन । 

घरेलु दर्शकको साथ पाएको लिभरपुलका साडियो मानेले सुरुवातमा नै पाएको उत्कृष्ट मौका खेर फालेका थिए । त्यसपछि रोबेर्टो फेरमिन्होको पासमा जोयल मेटिपले डिबक्सभित्र पाएको अर्को मौकालाई सदुपयोग गर्न सकेनन् । त्यसपछि मेटिपले नै दोस्रो हाफमा बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल हुनबाट गोलकिपर एलिसोनले बचाए । 

खेलको ८५ औँ मिनेटमा फेरि मानेले हेडमार्फत गरेको प्रहारलाई जर्मन टिमका डिफेन्डरले गोललाइनबाट बचाए । यता बायर्नले त्यस्तो डरलाग्दो मुभ बनाउन सकेन । च्याम्पियन्स लिगको इतिहासमा नकआउट चरणमा बराबरी भएको यो ३१ औँ खेल हो । यस्तै बायर्नले पछिल्ला २६ अवे खेलमा दोस्रो बराबरी खेलेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *