सन्दीपको टिम मेलबर्न स्टार्सको खेल आज ब्रिसबेन हिटसँग

काठमाडौं । बिग ब्यास लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले खेल आज ब्रिसबेन हिटसँग प्रतिस्पर्धा गर्दैछ । 

ब्रिसबेनको घरेलु मैदानमा हुने खेलमा मेलबर्नले जित हात पारेमा एक खेल अगाडि नै सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । तर पराजित भएमा अन्तिम खेलले मेलबर्नको सेमिफाइनल यात्रा टुंग्याउनेछ । 

खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर २५ मिनेटमा सुरु हुनेछ । आजको खेलमा जसरी भएपनि जित हात पार्दै मेलबर्न सेमिफाइनलमा स्थान बनाउने लक्ष्यमा हुनेछ । 

null

मेलबर्नले दुई खेल खेल्न बाँकी छ । मेलबर्न लिगको चौथो स्थानमा छ । लिगको छैटौ स्थानमा रहेको ब्रिसबेन हिटलाई भने आजको खेलमा जित हात पारेर मात्रै हुदैन । लगातार मेलबर्न पराजित भएमा मात्रै उसको सेमिफाइनल पुग्ने सम्भावना हुन्छ । त्यसकारण पनि आजको खेलमा मेलबर्नलाई पराजित गर्ने लक्ष्यमा ब्रिसबेन हिट रहेको छ । 

ब्रिसबेन हिटविरुद्धको खेलमा नेपालका युवा खेलाडी सन्दीप लामिछानेले पनि खेल्न पाउने बलियो सम्भावना रहेको छ । 

बंगलादेश प्रिमियर लिग र नेपाल र यूएईबीचको सिरिज खेलेर बिग व्यासका लागि अस्ट्रेलिया फर्किएका सन्दीपले आफ्नो टिमका लागि चार खेलबाट आठ विकेट लिइसकेका छन् । त्यसकारण पनि उनले खेल्न पाउने सम्भावना प्रवल रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *