सत्ता उल्ट्याउन विप्लवले बम विस्फोट गरायोः गृहमन्त्री थापा

फागुन १२, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नख्खुमा एनसेललाई लक्षित गरी भएको बम बिस्फोट विप्लवले गराएको आरोप लगाएका छन् । 

संसदको राज्य व्यवस्था समितिको आइतबारको बैठकमा गृहमन्त्री थापाले देशभर शुक्रबार राती एकसाथ भएका बम बिस्फोटका घटनामा विप्लब माओवादी संलग्न रहेको सूचना मन्त्रालयले पाएको दाबी गरे । 

उनले ६ वटा प्रदेशका करिब २० जिल्लामा निजी मोबाइल सेवा प्रदायक एनसेलका टावर लक्षित गरी आक्रमण गर्नेको तत्वको पहिचान भइसकेको बताए । 

null

विप्लवका गोप्य दस्तावेज बरामद भएको आधारमा संलग्नता पुष्टि हुने जिकिर गर्दै उनले भने, ‘विगतमा उन्मुत्ति दिँदा संविधान विरोधी तत्वहरु हौसिएका छन् । विप्लव समूह सत्ता उल्टाउन लागिपरेको छ । अब सरकार कडा रुपमा प्रस्तुत हुन्छ।’ 

अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई लक्षित गरी बम विस्फोेट गराइएको दाबी गर्दै उनले घटनामा संलग्न रहेको आशंकामा आक्रमण गर्ने टिमहरुको पहिचान देशभरबाट १६ जनालाई पक्राउ गरिएको जानकारी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *