शाहरुख–अक्षय कहिल्यै एकसाथ काम गर्दैनन् किन ? हास्यास्पद छ कहानी !
माघ २३, काठमाडौँ । बलिउडमा रोमान्स किङ्गको नामबाट शाहरुख खान परिचित छन् भने एक्सन खेलाडी हुन् अक्षय कुमार । अक्षय र शाहरुख आफ्नो कामलाई लिएर निकै गम्भीर छन् । यही कारणले पनि उनीहरुसँग जो कोही पनि काम गर्न चाहन्छन् ।
बलिउडमा अहिले शाहरुख र अक्षयको स्टारडम पनि उत्तिकै छ । अक्षय एक पछि अर्को चलचित्र दिनका लागि तयार रहन्छन् र वर्षमा कयौँ चलचित्रको शूटिङ्ग पनि सँगसँगै गर्छन् । तर शाहरुख र अक्षय लाई उनका प्रशंसकहरुले कहिल्यै पनि सँगै देख्न पाउने छैनन् । यसको पछाडी एक कारण छ, जुन तपाईंलाई मजाग लाग्न सक्छ तर यो सत्य हो ।
हालसालै शाहरुखलाई सोधिएको थियो कि, अक्षयको जस्तै वर्षमा दुई–तीन चलचित्र गर्ने बारेमा सोच्नु भएको छ ? शाहरुखले भने, ‘यसमा म के बोलौँ । उसको जस्तो छिटो उठ्ने मेरो बानी छैन । म तब सुत्छु, जब अक्षयको उठ्ने समय हुन्छ । उसको दिन छिटो सुरु हुन्छ । जब म काम गर्न सुरु गर्छु तब ऊ प्याकअप गरेर घर जान्छ ।’
null
यसै कारण शाहरुख र अक्षय कहिल्यै साथमा काम गर्दैनन् । किनकी जब अक्षय काम गर्छन् तब शाहरुख सुत्छन् । जब शाहरुख उठ्छन् तब अक्षय सुत्छन् । शाहरुखलाई रातको समयमा काम गर्न मन पर्छ भने अक्षय सधैँ सबै काम बिहान सबैरै ४ बजे सुरु गर्छन् र रातीसम्म सबै काम सिध्याउँछन् ।
शाहरुखले भने, ‘यदि मैँले अक्षयसँग काम गरेँ भने निकै मज्जा आउने छ । सेटमा हाम्रो भेट नै हुनेछैन । म आइरहेको हुनेछु, उनी गइरहेकाे हुनेछ ।’