धरानमा “तुम्बि बाजे ” नाटक मञ्चन हुने 

 

फागुन १५, धरान ।  सुनसरीको धरानमा आउँदो फागुन १८ गतेदेखी २२ गते ५ दिनसम्म नाटक प्रर्दशन हुने भएको छ । बेरीजोन एक्टीङ स्टुडियोको आयोजना तथा रंगभुमि कलालयको सहयोगमा सो “तुम्बि बाजे” नामक नाटक प्रर्दशन गरिने आयोजक बेरीजोन एक्टीङ स्टुडियोका निर्दैश्क मुस्कान राईले जानकारी दिए । 

बुधबार धरान १० स्थित रहेको रंगभुमि कलालयमा पत्रकार सम्मेलनको आयेजना गरी नाटकको सन्देश प्रभाव गर्नुका साथै जनचेतान जगाउदै हरेक मानवमा जागरण ल्याउने उदेश्यले आयोजना गर्न लागेको नाटमा भ्रष्ट नेतृत्व,महिला हिंसा, कला बजारी लगायतक सारा अमानविय कर्महरुको चित्रण प्रस्तुत गरिने आयोजकको दावी छ । 

null

 

सम्मेलनमा निर्देशक राईले जनता एकजुट हुन सके सम्पुर्ण अन्याय निर्मुल गर्न सकिने नाटको मुल सन्देश हुने बताए । 

बिष्णु नेम्बाङद्धारा लिखित सामाजिक नाटक “तुम्बि बाजे” को मुस्कान राईले निर्देशन गरि मञ्चन गरिनेछ । भरियाको कथालाई नाटक मार्फत मञ्चन गर्ने सो नाटक धरान १९ स्थित ब्रिटिस कम्युनिटी हलमा मञ्चन गरिने आयोजक बेरीजोन एक्टीङ स्टुडियोले जनाएको छ । 

स्टुडियो रंगमञ्चको क्षेत्रमा सैद्धान्तिक ज्ञान सहति व्यवहारिकका साधना दिलाउँदै समाज रुपान्तरणका लागी नाटककारहरुका उत्कृष्ट कृतिहरु मञ्चन गर्ने उदेश्यले भारतको मुम्बईमा २४ बर्ष अगाडी स्थापित भएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *