नेकपा सचिवालय बैठक जारी, पार्टी एकताबारे छलफल हुँदै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक बसिरहेको छ । पार्टी एकताको काम टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान साढे नौ बजे बैठक बाेलाइएकाे हाे ।  

पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैँले प्रस्ताव तयार पारी एकता प्रक्रिया टुंग्याउने तयारीमा छन् । एकता टुंग्याउने विषयमा अध्यक्षद्वयबीच पटकपटक छलफल भएको छ ।  

आइतबार पनि उनीहरुबीच छलफल भएको थियो । पार्टीका केही नेतालाई बालुवाटार बोलाई अनौपचारिक छलफल गरेका बताइएको छ । पछिल्लो कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव विष्णु पौडेल पनि बालुवाटारमा भएको छलफलमा सहभागी थिए । 

null

नेकपाले केन्द्रीय निकायहरू (केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च), ३२ केन्द्रीय विभाग र भूगोलका ७७ जिल्लाको एकता टुंगो लगाउन बाँकी छ । 

त्यसैगरी पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, चार विशेष जिल्ला कमिटी र तिनलाई नेतृत्व गर्ने प्रदेशसरहको विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी गठन गर्न पनि नेकपाले सकेको छैन । 

प्रवास क्षेत्रको एकीकरण, जनवर्गीय संगठनहरू केन्द्रदेखि स्थानीय तहसम्मको पनि बाँकी छ । कार्यदलमा सहमति नभएका विषयलाई अध्यक्षद्वयले टुंग्याउने नेकपाका तयारी छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *