बुढासुब्बा गोल्ड कपको दोश्रो खेलमा नेपाल पुलिस क्लब बिजयी

माघ २८, धरान । सुनसरीको धरानमा आईतबार बाट सुरु भएको २१ औं संस्करणको बुढासुब्बा गोल्डकप फुट्बल प्रतियोगितामा सोमबारको खेलमा नेपाल पुलिस क्लब १-० गोल अन्तरले बिजयी बनेको छ। साहारा क्लब पोखरालाई सडेन डेथमा १-० गोलले हराउदै पुलिस बिजयी बनेको हो । 

 

निर्धारीत ९० मिनेटको खेलमा नेपाल पुलिस क्लब र पोखरा बिच १-१ गोलको बराबरी भएपछि खेल टाईबराईकरमा पुगेको थियो र टाईबरेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा छिनोफानो भएको हो । 

null

 

खेलको म्यान अफ दि म्याच पुलिसका निर कुमार राई घोषित हुँदै नगद १५ हजार पाएका छन । भोलि मंगलबारको खेल आयोजक धरान फुटबल क्लव र भारतको कलकताबिच दिउँसो ३ बजे हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *